चितवनमा एकै दिन चार काेभिड संक्रमितकाे मृत्यु

चितवन : जिल्लाका दुई अस्पतालमा उपचारारत चार जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा एक जनाको मृत्यु भएको हो ।
मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्काे एकजना कपिलवस्तुका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका तीन अस्पततालमा गरी १३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा नौ जना र सीएमएसमा चार जना भेन्टिलेटरमा उपचार गराइरहेका हुन् । यस्तै ६४ जना बिरामी सघन उपचार कक्षमा छन् ।
तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचारारत छन् । यसैगरी ४६ जना सङ्क्रमित एचडीयूमा उपचार गराइरहेका छन् । तीमध्ये भरतपुर अस्पतालमा २४ जना, सीएमसीमा आठ जना र सीएमएसमा १४ जना रहेका छन् । जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना सङ्क्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड सङ्क्रमितका लागि छुट्टाइएको छ । रासस
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_iVzEUgGfWk_llx2ehzfczvdmojexsvtvfn4snd7ug5jcrneno0rwpeug7adxmtijqpzzqls.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

प्रतिक्रिया