श्रीदेवीको जीवनी प्रकाशित गर्दै बोनी कपुर

मुम्बई - निर्माता बोनी कपुरले श्रीदेवीको जीवनी प्रकाशनको तयारी रहेको बताएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा किताबको नामसहित प्रकाशनको घोषणा गरेका हुन् । बोनीका अनुसार पुस्तकको नाम ‘दि लाइफ अफ ए लिजेन्ड’ रहनेछ ।
बोनीले लेखेका छन्, ‘श्रीदेवी प्रकृतिको प्रेरणा थिइन् । पर्दामा देखिन पाउँदा खुसी हुन्थिन् तर व्यक्तिगत जीवनमा लजालु थिइन् ।’ पुस्तकको लेखन श्रीदेवीको परिवारिक सदस्य धिरज कुमारले लेखेका हुन् । धिरज कुमारले लामो समय लगाएर र अनुसन्धान गरेर पुस्तक तयार पारेको बोनीको कथन छ । हिन्दीसँगै तमिल र तेलगु गरी ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी श्रीदेवी नृत्यका लागि भारतकै विख्यात अभिनेत्री मानिन्छिन् ।
उनले पद्यश्री, नेसनल अवार्ड र थुप्रै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छिन् । श्रीमान् बोनी कपुरसँगै दुबईको यात्रामा रहेको समयमा हृदयाघातका कारण उनको निधन भएको थियो । उनका जान्हवी र खुसी गरी दुई छोरी छन् । जसमध्ये जान्हवीले ‘धडक’बाट डेब्यू गरेकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया