भ्यालेन्टाइनमा फेरि रिलिज हुँदै ‘टाइटानिक’ र ‘डीडीएलजे’

मुम्बई- भारतका तीन ठूला सिनेमा चेनले फिल्ममार्फत भ्यालेन्टाइन डे मनाउने भएका छन् । देशका तीन ठूला सिनेमा चेन पीभीआर, इनोक्स र सिनेपोलिसले यो शुक्रबारदेखि आउँदो बिहीबारसम्म प्रेमकथाका फिल्म प्रदर्शनमा राख्ने जनाएका छन् ।
तीनै सिनेमा चेनले जनाएअनुसार भ्यालेन्टाइनको यो हप्तामा अंग्रेजी फिल्मसँगै हिन्दी, तमिल, तेलगु र मराठी भाषाका फिल्म पनि हलमा रिलिज हुनेछन् । सिनेमा चेनले यो हप्ता ‘टाइटानिक’ देखाउने घोषणा गरिसकेका छन् भने ‘दिलवाले दुल्हनियाँ ले जाएँगेँ’, ‘जब वी मेट’ र ‘तमाशा’ आदि पनि प्रदर्शनको सूचीमा रहेको सिनेमा हलले जनाएका छन् ।
भारतमा यो शुक्रबार प्रेमकथा लक्षित कुनै पनि फिल्म रिलिज भएका कारण हलले पुरानै फिल्म देखाएर काम चलाउन लागेका हुन् । शुक्रबार कार्तिक आर्यन र कीर्ति सेनन अभीनित ‘शहजादा’ लाग्ने तय भए पनि ‘पठान’ले हल नछाड्ने आशंकासहित यो फिल्म १७ तारिखमा पुगेको थियो । खाली भएको यही मौकाको सदुपयोग गर्दै मल्टिप्लेक्सले पुराना प्रेमकथा देखाउन लागेका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया