गेटा मेडिकल कलेजमा पाँच सय शय्याको अस्थायी कोभिड अस्पताल

धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तथा कोरोना नियन्त्रणका लागि सुदूरपश्चिमका फोकल पर्सन लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा अस्थायी कोभिड अस्पताल बनाउन निर्देशन दिएका छन् ।
गेटा मेडिकल कलेजको निरीक्षण गर्दै उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई कोरोना संक्रमितको उपचारका लागि मेडिकल कलेजको भवनमा अस्पताल संचालन गर्न निर्देशन दिएका हुन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुई हजार अटाउने आइसोलेशन बनाउने योजना रहेको र पहिलो चरणमा पाँच सय शय्याको उपचार केन्द्र संचालन गर्ने तयारी सुरु भएको बताए । आइसोलेशनमा कोरोनाका बिरामीलाई अक्सिजन, आइसीयू र भेन्टिलेटरको समेत व्यवस्था हुने उनले बताए ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको नेतृत्वमा र्यापिड एक्सन टिमसमेत बनाइएको छ । आइसोलेशन व्यवस्थापनको लागि गेटामा विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापन भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएपछि अस्पतालहरू भरिभराउ छ्न् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया