नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप

काठमाडौँ - प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ ।
समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधिसभा बैठक पेस गरेको स्पष्ट पारेका थिए ।
गत माघ १० गते २१ सदस्यीय सो समिति गठन गरिएको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिन भित्र सो मस्यौदा प्रतिनिधिसभामा पेस गर्ने कार्यादेश दिइएको थियो । गत माघ १३ गतेदेखि काम सुरु गरेको समितिले म्याद आजै सकिदैं थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया