विदेशी अधिकारीसँग विकास सहायता र आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरूसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताएकी छन् ।
शुक्रबार संसद्को दुवै सदनको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरूसँग विकास सहायता र आर्थिक कूटनीतिको कुरा भएको बताएकी हुन् । उनले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गरिन् ।
मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनै पनि भ्रमणमा कुरा नभएको स्पष्ट पारिन् ।
उनले आफूहरूले मित्र राष्ट्रहरूलाई विकास साझेदार ठानेको बताइन् । विकास र कूटनीतिमा सहयोग मागेको पनि उनले बताइन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया