पुस्तक

ऊ मेरो प्रिय साथी मेरो बाल सखा
उसलाई पहिलो पटक भेट्दा म पुलकित भएको थिएँ खुसीले सुमसुम्याएको थिएँ
आफैसँग राखेर सुतेको थिएँ
विहान आँखा खोल्दा उसैलाई खोजेको थिएँ
सबैले जिस्काउदै भन्थे नयाँ साथी आएपछि भुल्यो हामीलाई‘
म उसँग रमाउँदै गएँ समयसँगै उसले रुप बदल्दै गयो
म उसको रङमा रङ्गिँदै गएँ कयौं रात कयौं दिन मैले उसँग बिताएको छु कयौं पटक उसले मलाई हँसायो कयौं पटक उसले मलाई रुवायो
कयौं पटक उसँग स्तब्धित भएँ
कयौं पटक उसँग बसिभूत भए जीवन र दर्शन धर्म, अर्थ, काम र मोक्ष मैले उसैबाट सिकेको हुँ
अझ भन्नुपर्दा म आज जे छु उसैको प्रतिविम्ब हुँ
ऊ भूईंमा झर्दा होस् मेरो खुट्टामा पर्दा होस्
म उसलाई ढोग्ने गर्छु ऊ मेरो लागि पूज्यनीय छ
तर, आज मेरो उसँग पहिलेको जस्तो सम्बन्ध छैन सामीप्यता छैन
ऊ मलाई हेरिरहेको हुन्छ
म उसलाई फुर्सदमा सम्झिन्छु
म उसलाई बेला बेला टकटक्याउँछु अनि पहिलेकै ठाउँमा छोड्छु
ऊ शब्द भएर पनि निशब्द छ
ऊ सोकेसमा ठिङ उभिएर मलाई हेरिरहेको हुन्छ
ऊ मेरो प्रिय साथी, मेरो ज्ञानको साक्षी
मेरो जीवनको सहयात्री
ऊ अहिले पनि मलाई केही भन्न खोजिरहेको छ‘
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया