ट्याक्टर दुर्घटनामा एकको मृत्यु

अर्घाखाँची- पाणिनि गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पाणिनि–८ पालीमा आज लु२त९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शङ्करबहादुर कुमाल घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पाल्पा पठाइएको छ ।
ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया