‘फूलबारी’ प्रचार कथा, न निर्देशक छन् साथमा न कलाकार

काठमाडौँ - इतिहासकै सर्वाधिक महंगो फिल्म होला रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ । यो फिल्मको निर्देशनका लागि मात्र रामबाबु गुरुङले ७० लाख लिएको चर्चा थियो । अमेरिकाबाट आएका छायांकारको भागमा मात्र ४० लाख परेको चर्चा थियो ।
त्यसैगरि फिल्मको सानोतिनो भूमिका गर्ने कलाकारले पनि यो फिल्मबाट राम्रो पैसा पाएका थिए । यसरी कलाकारदेखि प्राविधिकलाई समेत मन खोलेर खर्च गरेको फिल्मले अपेक्षित उत्सुकता भने जगाउन सकेको छैन । फिल्मका कार्यकारी निर्माता तथा कलाकार मनिष ढकाल कालीप्रसाद बास्कोटा र प्रियंका कार्कीलाई लिएर मोफसल दौडाहामा छन् तर यो दौडाहाले फिल्म दर्शकसम्म पुर्याउन सफल भएको धेरैले महसुस गरेका छैनन् ।
अझ रिलिजको समयमा फिल्मका मुख्य कलाकार विपिन कार्की ‘फूलबारी’ छाडेर ‘भगवत् गीता’को सुटिङका लागि जनकपुर पुगेका छन् । अतिथि भूमिकामा रहेका दयाहाङ राई त फिल्मको प्रचारमा देखिएकै छैनन् । फिल्ममा रहेका बाँकी कलाकार उति चिनिएका छैनन् ।
अझ रिलिजको अन्तिम हप्ता बाँकी रहँदा निर्देशक नै दुबई पुगेका छन् । रामबाबु गुरुङ चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको सिनेमा फेस्टमा सहभागी हुन दुबई पुगेका छन् । निर्माणमा ४ करोड खर्च गरेको भनिएको फिल्म यसरी रिलिजको समयमा टुहुरो बनेको छ । न निर्देशकले साथ दिएका छन् न कलाकारले ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया