बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

मिस नेपालको अडिसन इटहरीबाट सुरु

इटहरी - मिस नेपाल–२०२३ को अडिसनको सुनसरीको इटहरीबाट सुरु भएको छ । 

दि हिडन ट्रेजरका अनुसार २८माघबाट इटहरीवाट अडिसन सुरु भएको हो ।  इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको उक्त ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए । 

यसअघिको संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन हिडन ट्रेजरले क्षेत्रीय अडिसनको पनि थालनी सुरु गरेको हो । मिस नेपाल–२०२३ को फाइनल भने आगामी १३ जेठमा ललितपुरको गोदावरीमा  हुनेछ । जसले मिस नेपाल २०२३ उपाधि घोषणा गरिनेछ ।