‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन

काठमाडौं- पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा काठमाडौंमा ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ ।
सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा निःशुल्क ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्र हेर्नका लागि पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरू पर्यटन बोर्ड पुगेका थिए ।
कांग्रेसको संस्थापकसमेत रहेका बीपी आफू माथिका आठ वटा राजद्रोह सम्बन्धी मुद्दाको समेत पर्वाह नगरी विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको र जनमत संग्रह घोषणा भएको विषयलाई वृत्तचित्रमा देखाइएको छ । ‘राजद्रोही राजनेता’ वृत्तचित्रका निर्देशक जगत नेपालले मुलुकको सार्वभौमिकता जोगाउन बीपीले उठाएको जोखिमलाई वृत्तचित्रको माध्यमबाट देखाइएको र यसको सन्देश लिएर मुलुकलाई अघि बढाउन दलहरू लाग्ने विश्वास व्यक्त गरे ।
नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासका बीच बीपीले गरेका ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको छ ।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SVRyyl2ceW_0ajtyj5qjgevhmj0xyehjk2x25zbn6ynhi1kaeqjznotkbdoew8iopqauy7g.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया