१० देशका कलाकार बागलुङ आउँदै

बागलुङ - बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ ।
महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट २५ भन्दाबढी विदेशी कलाकार बागलुङ आउन थालेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङका प्रमुख अच्युत दास (प्रदीप भण्डारी)ले जानकारी दिए । कलाकारसँगै रसियन आर्मी अफिसर प्रोफेसर डाक्टर इगोर ओभलोङकोभ पनि आउनेछन् ।
उनले महाशिवरात्री नेपाली हिन्दूहरुको ठूलो पर्वका रुपमा रहेको भन्दै यसको महत्व, मौलिकतालाई जोगाउन र विदेशमा पनि बढी प्रचार गर्न विदेशी कलाकारलाई बागलुङ ल्याउन लागेको बताए ।
कला, संस्कृति तथा धार्मिक परम्परालाई संरक्षण गरी प्रवद्र्धन गर्न सङ्घले धार्मिक कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
'महाशिवरात्रीले ठूलो महत्व बोकेको छ, हाम्रा धर्म, संस्कृति र परम्परा संरक्षणको अभावमा छन्, यिनीहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके नेपालमा लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छन्, सोही उद्देश्यले हामीले शिवरात्रीमा सानो कार्यक्रम गरेर प्रवद्र्धनमा टेवा पुर्याउने कोशिस गरेका छौँ', उनले भने ।
सोही दिन स्थानीय कलाकारले पनि धार्मिक सांस्कृतिक नृत्य तथा अन्य अभिनय प्रदर्शन गर्ने छन् ।

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

प्रतिक्रिया