‘फुर फुर पुतली’ उडाउँदै सलोन र रियासा

काठमाडौंः कात्तिक ७ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ । गीतमा सलोन बस्नेत, रियाशा दाहाल, जयकिशन बस्नेत, अस्मिता जुरेलीलगायतले अभिनय गरेका छन् । गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको हो ।
गीत रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काले सम्पादन गरेका छन् । सलोन, सलिना फिल्मको व्यानरमा निर्माण भएको फिल्मलाई समिर मियाँले निर्देशन गरेका हुन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको अभिनय रहेको छ ।
फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । निर्माता शोभितका अनुसार फिल्म डिसहोम, म्याक्स डिजिटल र नेट टिभीमा प्रदर्शन हुनेछ । जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुसालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

पाकिस्तानमा अझै छ दिलिपकुमार र ऋषि कपुरको पुर्ख्यौली घर, तर भए जिर्ण

कान्ताराः च्याप्टर १ पाँच भाषामा, गान्धी जयन्तीमा रिलिज हुने

अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार विवादमा

'सार्वणी’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार!

कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा 'के घर के डेरा : घर नम्बर २'

बलिउडका यी पाँच चर्चित कलाकार, जो पहिला 'ब्याक ग्राउन्ड डान्सर' थिए

ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

प्रतिक्रिया