नुवाकोट कांग्रेसले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने

काठमाडौँ : कोभिड-१९ संक्रमणको जोखिम भएपछि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमै अस्पताल बनाउन अनुरोध गरेको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा करिव १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको हो ।
नुवाकोटमा कोभिडका संक्रमितहरूको सङ्ख्या बढ्दै जाँदा अस्पतालका बेडहरू क्रमशः भरिदै गएको र पछिल्लो समय कोभिड संक्रमितहरूका लागि वेड अभाव हुन थालेको गुनासोलाई सम्बोधन गर्न अस्पताल बनाउन अनुरोध गरेको सभापति जगदीशनरसिंह केसीले बताए ।
जिल्ला सभापति जगदीशनरसिंह केसीले कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढेर महामारी फैलिएका वेला जनताको स्वास्थ्योपचारका लागि सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन आग्रह गरेको बताए ।
। बिषेश जानकारी । नुवाकोट जिल्लामा कोभिड १९ का संक्रमितहरुको सङ्ख्या बढ्दै जादा अस्पतालका बेडहरु क्रमशः भरिदै गएकाे र ...
Posted by Jagadiswor Narsingh Kc on Monday, 3 May 2021

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया