संसद्मा ज्ञानेन्द्र शाहीकाे प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ तर किताब छाप्न किन सक्दैन ?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले हिमाली जिल्लाहरूमा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएकाले तुरुन्तै किताब उपलब्ध गराउन माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद शाहीले यस्ताे माग गरेका हुन् ।
उनले भने, ‘हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिकसत्र सुरु हुन्छ । तर, अहिलेसम्म किताब पुर्याइएको छैन । सूचना अनुसार ७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भनेको छ । हिमाली जिल्ला सबै ठाउँमा यही फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुँदैछ । बाँकी दुई महिना त्यहाँका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन सभामुख महोदय । सरकारले मतपत्र छाप्न सक्छ त किताब छाप्न किन सक्दैन ? छिटोभन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’
उनले मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन भन्ने प्रश्न समेत गरे ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया