पूर्वसांसद कर्मा घलेको निधनमा संसद्मा शोक प्रस्ताव पारित

काठमाडौं- प्रतिनिधिसभाले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले घलेको निधनप्रति सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको हो ।
नेपाली कांग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको ५९ वर्षको उमेरमा यही २४ माघमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
‘कर्माको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ संसद्ले पारित गरेको शोक प्रस्तावमा उल्लेख छ ।
शोक प्रस्ताव पारित गरेसँगै आगामी ३ फागुन बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया