भारतीय विदेश सचिव आज नेपाल आउँदै

काठमाडौँ - भारतीय विदेशसचिव विनयमोहन क्वात्रा आज (सोमबार) नेपाल आउँदैछन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । सोमबार बिहान काठमाडौ उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
आजै क्वात्राले परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन् भने दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ।
प्नधानमन्त्री प्रचण्डसँगकाे भेटमा उनले भारतीय प्नधानमन्त्री नरेन्द माेदीले पठाएकाे निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । साेमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएकाे छ ।
क्ववत्राले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन् । मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
दुई सातामा अमेरिकाबाट दुई वरिष्ठ अधिकारीको नेपाल भ्रमण भएको थियो । त्यसैगरी दक्षिण एसियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि सोमबार नै नेपाल आउने क्रममा छिन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया