कोभिड संक्रमितको संख्या बढ्दो

काठमाडौँ पछिल्लो २४ घण्टामा छ हजार चार सय ७६ मा परीक्षण गर्दा थप एक हजार चार सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ७ सय ९८ रहेको छ भने हालसम्म संक्रमणमुक्त हुनेको कुल सङ्ख्या एक लाख ७३ हजार ४ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा छ सय ३२, रुपन्देहीमा ९१, ललितपुरमा १ सय ३३, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, चितवनमा ३६, कैलालीमा ३३, कास्कीमा ३९ र मोरङमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुनसरीका २६, बाँकेमा २८, झापा, गुल्मी र पाल्पामा २२-२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा नौ, ताप्लेजुङ र नवलपरासी पूर्वमा आठ-आठ, तेह्रथुममा सात र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा छ जनामा संक्रमण पुष्टि भएको छ ।
खोटाङ, गोरखा, सप्तरी, काभ्रे, सिन्धुली र अर्घाखाँचीमा चार-चार, सिराहा, इलाम, दोलखा र मकवानपुरमा पाँच-पाँच, बारा, रसुवा, स्याङ्जा र अछाममा तीन-तीन जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा दुई-दुई र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा एक÷एक जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ । (रासस)

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

प्रतिक्रिया