भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

काठमाडौँ - भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनी आज (सोमबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव लगायतको उपस्थिति थियो । सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
आज सोमबार र मंगलबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । सचिव क्वात्रा आज नै नेपाल—भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् ।
छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।
सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । लञ्चपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ ।
विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट भेट गर्नेछन् भने मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया