भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि कोभ्याक्सका लागि वैकल्पिक स्रोतको खोजी

काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को कोभ्याक्स कार्यक्रमका लागि भारतबाट कोभिड-१९ खोप आपूर्ती हुँदै आएको थियो । तर पछिल्लो समय भारतमै कोभिड-१९ को संक्रमितको संख्या ह्वात्तै बढेपछि त्यहाँ उत्पादित खोप कोभ्याक्स कार्यक्रमका लागि उपलब्ध भइरहेको छैन । त्यसकारण डब्लूएचओले खोपका लागि अन्य मुलुकसँग पनि कुराकानी अघि बढाएको जनाएको छ ।
डब्लूएचओले सोमबार आफूहरू कोभ्याक्सको मूख्य दाता अमेरिकासँग कुराकानी गरिरहेको जानकारी दियो । भारतमा सेरुम इन्स्टिच्युटले उत्पादन गरिरहेको एस्ट्राजेनेकाको खोप निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ । जसका कारण डब्लूएचओ वैकल्पिक स्रोत जुटाउने तर्फ अगाडि बढेको हो ।
‘अब केही महिना सेरुमले उत्पादन गरिरहेको खोप कोभ्याक्सका लागि उपलब्ध हुने सम्भावना छैन । त्यसकारण हामी वैकल्पिक स्रोतको खोजी गर्न लागिपरेका छौँ । हाल हामी अमेरिका लगायतका अन्य मुलुकसँग कुराकानी गरिरहेका छौँ,’ डब्लूएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले भनिन् ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया