'आइएमई पे'मार्फत् चन्द्रागिरि केबलकारको टिकट काट्दा ५० प्रतिशतसम्म छुट

काठमाडौँ - आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत् चन्द्रागिरि केबलकारको टिकट काट्दा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट पाउने भएका छन् । अफरमार्फत् प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउने आइएमई ग्रुपले जनाएको छ ।
आइएमई पे र चन्द्रागिरि हिल्सबीच 'फिल द एयर' नामक अफरमा सम्झौता भएको छ ।
साथै, यी दुई कम्पनीबीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ ।
माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरूले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन् । अफरको विजेताको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सन्जालमा प्राप्त गर्न सकिने आइएमई पेले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_YHeKGKdmv6_xegm6kwzoo5i8basqsai90nhxfh9ksfef3dupnysfrrav2d0zgzzhkwub8kn.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया