मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

पराष्ट्रमन्त्री राईलाई भेटे भारतीय विदेश सचिव क्वात्राले

काठमाडौँ- पराष्ट्रमन्त्री विमला राई पौड्याललाई भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन् ।

नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौँ आएका उनले पराष्ट्रमन्त्री राईसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशको हित र आपसी चासोको विषयमा छलफल भएको छ । 

सोमबार काठमाडौँ आएसँगै भेटघाटमा रहेका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।