जनयुद्ध दिवसमा सबैले भुलेका एक अपाङ्ग योद्धाको शुभकामना

सुर्खेत- बिहानको शिरशिरे बतास। भेरी किनारै किनार यात्रा इखेनीतर्फ मोडियो। आफ्नै गतिमा शान्तसँग बगेको भेरी नदी र भेरी नदीको छेउमै इखेनी बस्ती। यात्रा बराहताल गाउँपालिका –६ इख्यानीमा पुगेर एक अनौठो दृश्यमा आँखा ठोक्किए। चिसो छल्नलाई टाउकोमा रुमाल। हातमा बैशाखी चिसो छल्न शरीरमा पर्याप्त लुगाकपडा थिएन। उनको ध्यान भने नजिकैको रेडियोमा थियो।
ठूला ठूला महल होइन…….. सीप सिकाउने झुपडी देउ …….. दैव हिंसा माग्ने मैदान होइन…….. धान उमार्ने खेत देउ…….. झुपडीमा हात तिखार्छु …….. खेतैभरि पसिना चुहाउँछु …….. अब आउने साल हेर…….. हो …मेरो चन्द्र सूर्य फर्फराउँछु
कलाकार कर्ण दासले गाएको गित रेडियोमा बजिरहेको थियो। गितमा भनेजस्तै उनीसँग नत राम्रै झुपडी नै थियो। नत धान गहुँ उमार्ने खेतबारी नै थियो। त्यही रेडियोमा बजेको गितलाई एकाग्र भएर सुनिरहेका थिए। हातमा दुईवटा बैशाखी थियो। सलल… बगेको भेरीको चिसो बाफ उनले लगाएको पातलो लुगाभित्रै ठोकिएको थियो। जस्ले गर्दा उनको शरीर पनि लुक लुक कापिरहेको थियो। जनताको जनवाद ल्याउन, जनताको सरकार ल्याउनका लागि उनी पनि जनयुद्धमा होमिएका एक विद्रोही रहेछन्। कुरा गर्दै जाँदा त्यसपछि उनले पुरानो किताबका नयाँ स्मरण सहितका शब्दहरू हाम्रा अघि टक्राए भेरी नदीको सुस्त र एकनास बग्ने बहाव जस्तै गरी। उनको जिन्दगीको किताबको खोल(गाता) पुरानो थियो तर बितेका पल ताजै। त्यही जनताको सरकार ल्याउन जनयुद्धमा हिँडेको उनका मनमा अहिले पनि मनमा वितृष्णा जागेर आउँछ। आज २८ औँ जनयुद्ध दिवस। माओवादी पार्टी सरकारमा पुगेपछि सार्वजनिक बिदा दिइएको छ। देशमा विभिन्न कार्यक्रम गरि मनाइँदै छ। तर, एक अपाङ्ग योद्धा नर्तम विकको नत पार्टीले खोजेको छ न सहयोद्धाहरू खोजी गरेको छन्। न वास्ता नै गरेको छ। तैपनि सबैले भुलेका नर्तम विक सबैलाई शुभकामना दिन्छन्।
उनी २०५५ मा सर्वहारा नेपाली जनताको राज्य सत्ता स्थापना गर्नका खातिर जनयुद्धमा आफ्नो धन,जन, र मन लगाएर होमिएका पूर्व जनयोद्धा नर्तम विक। पुर्ख्यौली घर दैलेखको ठाटीकाँध गाउँपालिका २ डाडावन। हाल सुर्खेतको बराहताल गाउँपालिका –६ इख्यानीमा बसोबास। सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नका लागि तन, मन र धन लगाएर जनयुद्धमा होमिए पनि अहिले आफ्नो यस्तो हालत हुँदा उनका दिन दुःख र अभावै अभावमा बितेका छन्। गरिब निमुखा सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न २०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो। तर,त्यसले के पायो ? उनमा यो प्रश्न बेला बेला उनका मन मस्तिकमा झुटो श्वास सँगै धड्किरहन्छ। तत्कालीन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो तिनले के पाए ? माओवादीको परिवर्तनकारी नारामा समाहित भएर जनयुद्धमा होमिनेको संख्या दिनप्रतिदिन बढ्यो राजतन्त्रको अन्त्य भयो के पाए नेपाली जनताले ? यो प्रश्नले बेला बेला उनलाई औडाह हुने गरेको उनी बताउँछन्।
२०५५ सालदेखि जनयुद्धमा निरन्तरता दिदै २०५८ सालमा भुमिगत भएका उनकै अगाडि कैयौँ साथी पानी पानी भन्दै ढले। उनी पनि कैयौँ ठाउँबाट कैयौँ गोलीको निशानाबाट बचे। २०६१ सालमा सुर्खेतको भेरी पुल, नौमुले, छिन्चु हर्रेमा लडेका यादहरू ताजै छन्। अहिले पनि उनको साधारण लवाइख्वाइ छ। रेडियोमा बजेको गीतमा निराश र मलिन अनुहार लगाएका थिए। रेडियोमा बजेको गित सुन्दै आफ्ना मनका बेदनाहरू पेख्दै थिए। उनी पूर्व लडाकु हुन। सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न भन्दै २०५५ सालमा जनयुद्धमा होमिएका थिए उनी। अहिले ४५ वर्षको भए। शारीरिक रूपमा अपाङ्ग छन्। दुईवटा छडीको सहाराबिना हिँड्डुल गर्न सक्दैनन्। २०५८ सालमा पूर्ण रूपमा भूमिगत भएका उनी हाल आरन पेशा गरेर जीवन चलाउँदै आएका छन्।
२०६१ सालमा छिन्चु,हर्रे र भेरी पुलमा आक्रमणमा परेर उनकै अगाडि ज्यान गुमाए। तर, उनी भने गोलीको निशानाबाट चुक्दै ज्यान बचाउदै जेनतेन जिन्दगी गुजार्दै आएका छन्। परिवार पाल्नका लागि आरन पेशा गर्दै आएका छन्।
पहिले पहिले भारत गएर जीविका चलाउने नर्तमलाई अपाङ्ग घरपरिवार पाल्न निकै कठिन भएको उनी बताउँछन्। पहिले पहिले भारत गएर परिवार पाल्थे,’उनले भने, ‘एक वर्ष भयो खट्टा नचल्ने भएको। खुट्टा नचल्ने भएपछि बैशाखीको भरमा हुँदा निकै समस्या भएको छ। बैशाखीकै भरमा भएपनि छ जनाको परिवार पाल्दै आएको छु। भएपछि निकै समस्या भएको छ।’
गरिब निमुखा र सर्वहारा वर्गका लागि दिनरात नभनेर लड्यौँ। गरिब निमुखा सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्नु परको कुरा हो, ’उनले भने, ‘अहिले पुराना शासकको ठाउँमा नयाँ शासकले गर्नु राज गरे।’
१० वर्षसम्म चलेको जनयुद्ध केबल धनकै लागि गरिएको युद्ध भयो। राजतन्त्र फलेर देश असुरक्षित छ। अहिलेका नयाँ शासकले गर्दा राष्ट्रियता धरापमा छ। फेरि एकपटक एउटा क्रान्तिको आवश्यक रहेको छ। फेरि युद्धमा सामेल हुन तयार छु। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_YtExmyvmgc_rmisj4w8d1citrvft3io7lhrwobydtu6oy2jjfzlbbw805qvf2taxxapr011.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_kYng1rjaEZ_mudmpihnlh827qnx7kynhcuiy0wn8tkpahmpcg5udysp55afncfw2x1rdcjs.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

प्रतिक्रिया