धनुषामा धार्मिक झडप, दुई दर्जन घाइते

जनकपुरधाम : धनुषामा हिन्दु र मुस्लिम समुदायबीच झडप हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । उक्त झडप पटकाकाे कारण भएकाे हाे । आइतवार बिहान नगराईन नगरपालिका ७ लवटोली गाउँमा ती दुई समुदायबीच भएको झडपमा हिन्दु धर्ममा आस्था राख्ने १३ र मुस्लिम धर्मका ११ जना घाइते भएक छन् ।
शनिबार राति दिपावलीको अवसरमा पटकाको निहुँमा आइतवार बिहान दोहरो झडप भएको थियो । झडपमा घाइतेका साथसाथै घरका सामानहरुको तोडफोड समेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घाइतेमा हिन्दुतर्फ अधिकांस यादवहरू रहेका छन् भने मुस्लिमतर्फ नादाफ र खातुन परिवारका साथै मन्सूर र हुसैन छन् ।
घाइतेहरूको उपचार प्रादेशिक अस्प्ताल जनकपुरधाम भइरहेको छ । सामान्य घाइते भएकाको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर पठाइएको छ । झडप बारे दुवै समुदायका आ-आफ्नै दाबी रहेको छ । एकपक्षले मस्जिदमा पटका फ्याकेको आरोप लगाइरहेका छन भने अर्को पक्षले आफूहरू पूजा गरिरहेको क्रममा प्रहरी लगाएर पुजा बन्द गराएको भनेका छन् ।
घाइते रामकिशोर यादवका अनुसार शनिबार राति दिपावलीको अवसरमा स्थानीयले लक्ष्मीपूजा आयोजना गरेका थिए । पूजा चलिरहेकै क्रममा आफूहरुलाई डिस्टर्ब भयो भनेर प्रहरी लगाएर पूजा बन्द गराएपछि विवाद भएको थियो । तर मुस्लिम पक्षका घाइते अख्तर मन्सूरले भने पटकामा आगो सल्काएर मस्जिदमा फ्याक्ने गरेको कारण अवरोध गरेको बताए । त्यही विषयलाई लिएर अइतवार बिहान विवाद अनि झडप भएको उनले बताए ।
स्थानीयका अनुसार झडपको क्रममा दुवै पक्षबाट लठ्ठी र घरेलु हतियार प्रयोग भएकाले बढी संख्यामा घाइते भएक हुन् । प्रवक्ता समेत रहेका डीएसपी मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोली घटना भएको गाँउमा छन् । दुवै पक्षबीच विवाद समाधानका लागि समन्वय गरेर समस्या समाधान गराउन उनी त्यहाँ रहेका हुन् ।

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_dB3rgBUDzb_fjzd8156js7cx77risi23ojhevfp7e6tex4zwrjefhmhlmys2zih5bp10l0g.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

प्रतिक्रिया