हुण्डाईको विद्युतीय गाडीमा अफर योजना

काठमाडौं– नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतीय गाडी कोना तथा लोनिक–५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।
‘वन मोर रजिन टु गो इलेक्ट्रिक’ नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा लोनिक–५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् । समय सापेक्ष योजनाहरुमार्फत आफ्ना ग्राहकहरुको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले सधैं आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको छ । अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको बिक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथली स्थित नेपालको एक मात्र विद्युतीय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

प्रतिक्रिया