चार्ज्डसँग गेट चार्ज्ड
काठमाडौँ– पेय पदार्थ कम्पनी कोकाकोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । सोमबार एलओडीमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधिहरु, संचारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा यस नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो ।
यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्दछ । चार्ज्डको लन्चसँगै कोका–कोला नेपालको वेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको छ –बेरी बोल्ट ।
आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीले भने, “नेपाली युवाहरुका आफ्नै महत्वाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पूरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित हामीले यो नयाँँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।”
त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर श्री दिपक सेन्ठिल नाथले भने, “आफ्ना उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल वेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चार्ज्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।”
चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटि लगायत अन्य डिजिटल माध्यमहरुमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । युवाहरुलाई सकृय रहन र आफ्नो उद्धेश्य प्राप्ति गर्नको लागि हरदम सकृय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटिहरु पनि देखाइएको छ ।
चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्टमेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया