एमालेको नेतृत्वमा सरकार हुँदा मात्र नागरिक समाजको नाममा सडकमा आन्दोलन हुन्छ : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरूका विरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताएका छन् ।
मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए । उनले बुर्जुवाहरूले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दा पनि सडकमा आउने गरेको भन्दै आपत्ति जनाए ।
नागरिक समाजको अगुवाहरू यथास्थितिवादको पक्षमा रहेको उल्लेख गर्दै उनले उनीहरूले समाज विकासलाई रोक्न भूमिका खेलेको बताए । महासचिव पोखरेलले एमालेका विरुद्ध सडकमा आउने नागरिक समाजकै विरुद्ध अनेरास्ववियु वैचारिक र राजनीतिक रूपमा खडा हुनुपर्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया