४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा हुन ढकालकाे आग्रह
काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरूलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गरेका छन् ।
मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टीको जनसम्पर्क समन्वय समिति संयोजक समेत रहेका स्थायी कमिटी सदस्य ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरूलाई संगठनबाट बिदा हुन आग्रह गरेका हुन् । उनले विद्यार्थी संगठन छोडेर पार्टीका काममा लाग्न आग्रह गरे ।
उनले भुगोलमा काम नगरी पार्टीले निर्वाचनको टिकट पनि नदिने भन्दै भुगोलमा गएर पार्टीको काम गर्न सुझाव दिए । संगठनबाट स्वेच्छाले बाहिरिने विद्यार्थी नेताहरूलाई पार्टीले पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिने पनि उनले बताए । उनले उच्च समझदारीका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।
ढकालले विद्यार्थी संगठनले पुरानो तरिकाको राजनीति नगरी रचनात्मक तरिकाले कामहरू गर्नुपर्ने बताए । उनले एमालेमा कसैले संस्थागत गुट बनाउँछ भने सो कुरा स्वीकार्य नहुने जिकिर गरे । निर्वाचन भएको खण्डमा प्यानल नबनाइ एक्लाएक्लै उम्मेदवार बन्नुपर्ने उनकाे भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया