सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

उपचारका लागि वर्षमान पुन चीन प्रस्थान

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिकका स्रोतले जनाएकाे छ ।

उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो ।