सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

वीरगञ्जमा अटो पल्टिँदा एक शिशुको मृत्यु

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा भएको अटो दुर्घटनामा एक शिशुको ज्यान गएको छ ।

अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर वीरगञ्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजिव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ । राजिव पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १० टाउनहल नजिकै सडकखण्डमा ना.१ ह ३७४० नम्बरको अटो रिक्सा घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो ।

प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।