प्रदेशको सुरक्षामा ध्यान दिन लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन

लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको शान्ति सुरक्षाको स्थिति सुधार्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।
प्रदेश सुरक्षा समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले प्रदेशको शान्ति सुरक्षाको अवस्था खलबलिन नदिन सबै पक्ष चनाखो हुनुपर्ने बताए । उनले भने, “नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको दायित्व हो । यो कुरा हामीले भुल्नु हुँदैन ।”
प्रदेशका केही जिल्लाको शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ निगरानी बढाउन सुरक्षा संयन्त्रले निगरानी बढाउनुपर्ने बताए । उनले प्रदेशका बाँके, बर्दिया, कपिलवस्तुलगायत भारतीयसँग सीमा जोडिएका जिल्लामा निगरानी बढाउन निर्देशन दिए ।
प्रदेशमा क्यासिनो संस्कृतिले विकृति फैलाइरहेको जनगुनासो आइरहेको बताउँदै मुख्यमन्त्री गिरीले भने, 'बाँकेलगायतका जिल्लामा क्यासिनो संस्कृति भित्रिएको र यसले विकृति फैलाइरहेको चौतर्फी गुनासा आइरहेका छन् । यसको रोकथामका लागि निर्माण भएको कानूनको कार्यान्वयन गर्नुहोला ।'
त्यसअवसरमा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव खलबलिने घटना रोकथाम गर्नतर्फ सुरक्षा संयन्त्र लाग्नुपर्ने बताए । बैठकमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीषक टेकप्रसाद राईले सीमावर्ती क्षेत्रमा डकैती बढ्दै गइरहेको बताएका थिए ।
बाँके, बर्दिया, कपिलवस्तुलगायतका सीमावर्ती क्षेत्रमा गुण्डागर्दी, लागुऔषध ओसारपसार, चेलीबेटी बेचबिखनलगायतका घटना बढिरहेको भन्दै यसको रोकथामका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया