लन्डनमा खिचिएको कपिलको ‘कर्मा’ सार्वजनिक

काठमाडौं : पेशाले दन्त चिकित्सक कपिल रिजाल सिनेमा र संगीतमा पनि उत्तिकै रुचि राख्छन् । लन्डनमा बस्ने रिजालले उहीँ पनि थुप्रै म्युजिक भिडियोको निर्देशन गरेका छन् । चाँडै नै फिचर फिल्मको निर्देशन गर्ने तयारी गरिरहेका रिजाजले हालसालै भने छोटो फिल्म निर्देशन गरेका छन् । उनको निर्देशन रहेको लघु फिल्म फिल्म ‘कर्मा : लाईफ इज ए बुमर्याङ, यु गेट ह्वाट यु गिभ’ भर्खरै सार्वजनिक भएको छ ।
अंग्रेजी भाषामा तयार पारिएको फिल्ममा जस्तो कर्म ग¥यो, त्यस्तै फल पाइन्छ भन्ने विषयलाई केन्द्रित गरिएको छ । २६ वर्षदेखि लण्डनमा बसी आफूलाई सफल दन्त चिकित्सकका रुपमा उभ्याउन सफल डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो ।
डा. रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सन, लन्डनको ब्यानरमा निर्मित फिल्ममा उनले लन्डनबासी नेपालीका साथमा लन्डनका कलाकारहरुलाई अभिनय गराएका छन् । बेलायतका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको फिल्ममा नेपाली कलाकार टंक धमला (लियो टयांक) मूख्य भूमिकामा छन् भने लन्डनकी डेली एलन नायिका रहेकी छिन् ।
उनीहरुका साथमा सपनकुमार राई, जेनामासे, ज्याकमासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन्। सम्पूूर्ण छायांकन कार्य लण्डनमा गरिएको फिल्मको पोष्ट प्रोडक्सनको कामभने नेपालमा गरिएको हो । सस्पेन्स थ्रिलर फिल्ममा कथा डा. कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन् ।
स्टोरी बोर्ड ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला,सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअलइफेक्ट प्लुटस स्टुडियोको रहेको फिल्ममा सपनकुमार राई, मिनो ओज, डेलीएलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । फिल्म ११ मिनेट २२ सेकेन्डको छ ।
डा. रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड १९ को विषयमा एकल कलाकार लिएर ‘गिल्ट’ नाम छोटो फिल्म बनाएका थिए भने २० वर्ष अगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सर्ट फिल्म बनाएका थिए । डा. रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन् ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया