शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

अतिक्रमित संरचना हटाउन वीरगञ्ज महानगरको सात दिने 'अल्टिमेटम'

पोखरीया - वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने चेतावनी सूचनामा दिइएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख  छ ।

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।