प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक पेश हुने

काठमाडौँ- आजको प्रतिनिधिसभा बैठकका सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विहान ११ बजे देखी सुरु हुने बैठकमा पेश हुने सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक चालु अधिवेसनमा पहिलो विधेयकसमेत हो ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री धुव्रबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” बैठकसमक्ष पेश गर्नेछन् ।
उनका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
साथै, कृषि तथा पशपुंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी बैठकसमक्ष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया