आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज

काठमाडौँ- भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले घरेलु टोलीविरुद्धको पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । नेपाल र भारतबीचको पहिलो खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

एन्जिला सुब्बाको कप्तानीमा रहेको नेपालले घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने योजनामा हुनेछ । अर्कोतर्फ भारत भने साफ च्याम्पियनसीपमा भोगेको पराजयको बदला लिने दाउमा हुनेछ । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले पराजित गरेको थियो ।

नेपाल र भारतबीचको दोस्रो खेल शनिबार हुने तालिका रहेको छ ।

नेपाली टिमः

गोलरक्षकः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी,  अनिता बस्नेत, प्रिती राई, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ,  निर्मला विक