सरकारी गठबन्धन खिचडी गठबन्धन हो : माधव नेपाल
एकीकृत समाजवादी कुनै पार्टीमा विलय हुँदैन

पोखरा- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पोखरामा रहेका अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्दत भएको टिप्पणीसमेत गरे ।
‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हो’ उनले पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो गठबन्धन संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको, परिवर्तन नचाहने, प्रतिगमन उद्दत गठबन्धन हो, यिनीहरूको वैचारिक एकता छैन, यसमा परिवर्तन उल्ट्याउन खोज्ने पनि छन् ।’
उनले नेकपा एस कुनै पार्टीमा विलय पनि नहुने बताएका छन् । ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्छौँ, त्यसका लागि सम्भव भए मोर्चा समेत बनाउँछौ र पार्टी एकतासम्म हुनसक्छ तर एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलीन भने हुँदैन ।’
महासचिव बेदुराम भुषालको संयोजकत्वमा अन्य राजनीतिक दलसँग एकीकरण गर्ने, नभए मोर्चाबन्दी भएर जाने भन्दै छलफल चलाइरहेको बेला अध्यक्ष नेपालको यस्तो भनाई आएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया