आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

मनाङ मर्स्याङ्दीले भित्र्यायो उज्बेकिस्तानी डिफेन्डर

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगका लागि उज्बेकिस्तानका डिफेन्डर भित्र्याएको छ । लिगका लागि उज्बेकिस्तानका डिफेन्डर साइजामोल डेभलाजोनोभलाई भित्र्याइएको क्लबले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएको हो ।

२५ वर्षीय डिफेन्डर डेभलाजोनोभले उज्बेकिस्तानको यू-१९ टिमका लागि खेलिसकेका छन् । उनी जोराजम एफके उरगान्चका लागि खेल्दै आएका थिए ।

यस सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । डबल राउन्ड रोबिनको आधारमा हुने लिगमा १४ टिमको सहभागिता रहनेछ ।