केड कम्पनीमा किनमेल गर्दै हुनुहुन्छ ? एनआईसी एशिया बैंकबाट लिनुहोस् २० प्रतिशत छुट

काठमाडौँ- ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौँको दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनी प्रालका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूले उक्त केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउँछन् भने भने बैंकका कर्मचारीहरूले २५ प्रतिशत छुटको फाइदा लिन सक्ने बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक रहेको जनाएको छ । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको जनाएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको जनाएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको दाबी छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया