अमेरिकामा नयाँ संक्रमित घट्ने क्रम निरन्तर, मृत्यु १० महिना यताकै कम

काठमाडौँ : अमेरिकामा कोभिड–१९ का नयाँ संक्रमितहरू क्रमशः घट्न थालेका छन् । लगातार तीन सातादेखि नयाँ संक्रमितहरूको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । त्यहाँ मृत्यु हुनेहरूको संख्या पनि दश महिना महिनायताकै न्यून रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । गत साताको तुलनामा नयाँ संक्रमितको संख्या पनि १५ प्रतिशतले घटेर ३ लाख ४७ हजारमा सीमित भएको छ । यो नयाँ संक्रमितहरूको संख्या पनि अक्टोबर महिनायताकै कम हो ।
अमेरिकामा एक तिहाई जनसंख्याले पूर्ण रूपमा खोप लगाइसकेका छन् भने ४४ प्रतिशतले कोभिड–१९ विरुद्ध कम्तीमा एक डोज खोप लगाइसकेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । मिचिगनमा भने धेरै संक्रमितहरू छन् तर त्यहाँ पनि पछिल्लो सात दिनमा संक्रमितको संख्या २६ प्रतिशतले घटेको रोयटर्सको विश्लेषणमा उल्लेख छ । कोलोराडो, मिनेसोटा लगायतका राज्यमा पनि जनसंख्याको आधारमा उच्च संक्रमण रहेकोमा अहिले कमी आएको छ ।
यद्यपि स्वास्थ्य अधिकारीहरूले बढी कोरोना भाइरसका अझै बढी संक्रामक भेरियन्टहरू (बी.१.१.७ लगायत) को जोखिम अझै रहेकोमा सचेत गराएका छन् । बेलायतमा पत्ता लागेको यो भेरियन्ट मिचिगनमा पनि देखिएको थियो । ओरेगनमा धेरै संक्रमितहरूमा बी.१.१.७ भेरियन्ट देखिएको छ । गत साता ओरेगनका गभर्नरले उक्त राज्य अझै कोभिड–१९ को उच्च जोखिममा रहेको भन्दै घरभित्र सञ्चालन हुने रेष्टुरेन्ट तथा अन्य आर्थिक गतिविधि पनि आंशिक सञ्चालन गर्ने व्यवस्था गरेका छन् । ओरेगनमा भने पछिल्लो एक सातामा नयाँ संक्रमित १.२ प्रतिशतले बढेका छन् । अप्रिलको तुलनामा यहाँ एक साताको संक्रमणदर दोब्बर भएर संक्रमितको संख्या ५,६०० पुगेको छ ।
अमेरिकाभरी कोभिड–१९ संक्रमितहरूको मृत्युदर ३ प्रतिशतले घटेर पछिल्लो साता ४,८१९ जनाको मृत्यु भएको छ । यो जुलाइयताकै कम मृत्यु भएको बताइएको छ । अस्पताल आउने कोभिड–१९ बिरामीहरूको संख्या पनि ८ प्रतिशतले घटेको छ ।
(रोयटर्सको सहयोगमा)

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया