एसियामा कोभिड-१९ को दोस्रो लहर, युरोप-अमेरिका खुकुलो

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहरले नेपाल, भारतलगयातका दक्षिण एसियाली मुलुकहरू आक्रान्त भइरहेका छन् । यही बेला अमेरिका र युरोप भने कोभिड-१९ संक्रमण नियन्त्रणका लागि बनाइएका नियम खुकुलो बनाउँदै अघि बढेका छन् ।
खोप कार्यक्रमका कारण संक्रमति तथा मृत्य हुनेको संख्यामा व्यापक गिरावट आउन थालेपछि अमेरिकामा हवाई सेवा व्यस्त बन्न थालेको छ । उता युरोपियन युनियन (ईयू)ले समेत अन्य महादेशबाट आउन चाहनेलाई प्रवेश अनुमति दिनेबारेमा सोचिरहेको समाचार एजेन्सी एपीले जनाएको छ ।
कुनैबेला कोभिड-१९ ले सर्वाधिक पीडित बनेको अमेरिकामा हाल संक्रमितको संख्या घटिरहेको छ । गत अक्टोबरपछि पहिलो पटक ५० हजार भन्दा कम (सरदरमा) अमेरिकी संक्रमणमा परिरहेका छन् । यसैबेला अमेरिकामा हवाई यात्रुको वृद्धि पनि भइरहेको छ ।
आइतबार मात्रै करिब १५ लाख यात्रुको एयरपोर्ट चेक प्वाइन्टमै कोभिड परीक्षण गरिएको बताइएको छ । जुन गत वर्षको मार्च यताकै सर्वाधिक संख्या हो । संक्रमण केही हदसम्म नियन्त्रणमा आएपछि फ्लोरिडामा मास्क सम्बन्धी नियम हटाउन लागिएको एपीले लेखेको छ ।
त्यहाँका रिपब्लिकन गभर्नर रोन डेससान्टिसले मास्क सम्बन्धी नियम चाँडै हटाउन निर्देशन जारी गर्ने बताएको एपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । उता लसभेगसमा क्यासिनोको अधिकतम क्षमता सीमा ८० प्रतिशत पुर्याएको छ । त्यस्तै, न्यूयोर्कमा सब-वेलाई राति पनि सञ्चालन अनुमति दिन लागिएको छ भने मे १४ बाट अन्य व्यवसाय पनि पूर्ण क्षमतामा सञ्चालन गर्न दिइनेछ ।
यसैबीच ईयूमा यात्रा प्रतिबन्ध फुकुवा गर्न प्रस्ताव पेश गरिएको छ । ‘ईयूको पर्यटन पुनउत्थान गर्न, क्रसबोर्डर मित्रतालाई सुचारु गर्न पनि यात्रा प्रतिबन्ध फुकुवा गर्न आवश्यक छ । खोप लगाइसकेका र कोभिड-१९ बाट कम प्रभावित मुलुकबाट अउने पर्यटकहरूलाई ईयूभित्र यात्रा गर्न दिनुपर्छ भन्नेमा हामी पुगेका छौ,’ युरोपियन कसिमसनकी अध्यक्ष उरसुला भोन डर लेयनले एपीसँग भनेकी छिन् ।
युरोपकै ग्रिसमा छ महिनादेखि बन्द रेष्टुरेन्ट सोमबारबाट खुलेका छन् भने फ्रान्समा उच्च माध्यमिक विद्यालयमा पठनपाठन सुर गरिएको छ । त्यस्तै, फ्रान्स सरकारले आन्तरिक यात्रामा लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ । फ्रान्सबाट अलि परको चेक गणतन्त्रले पनि मास्क सम्बन्धी नियम परिवर्तन गरेको छ । सोमबारबाट त्यहाँ सामाजिक दूरी कायम गरे मास्क लगाइरहनु नपर्ने बताइएको छ ।
अमेरिका र युरोपमा काभिड-१९ सम्बन्धी नियम केही खुकुलो बनाइए पनि त्यहाँका सरकार भयरहित भने भइसकेका छैनन् । ‘मेरो अनुरोध छ, कृपया सबैले खोप लगाउ । सबै अमेरिकीलाई पुग्ने पर्याप्त खोप भण्डारण गरिएको छ,’ अमेरिकी राष्ट्रपति जो बाइडनले भर्जिनिया पुगेर भनेका छन् ।
सोही अवसरमा बाइडनले सबै अमेरिकी नागरिकलाई खोप लगाइसकेपछि आफूहरू विश्वका अन्य मुलुकलाई सहयोग गर्नतर्फ लाग्ने पनि बताए । बाइडनले अमेरिकी नागरिकलाई खोप लगाउन आग्रह गरिरहँदा ब्राजिल र भारतलगायतका मुलुकमा मृत्य हुने संक्रमितहरूको संख्यामा व्यापक वृध्दि भइरहेको छ । भारतमा सोमबार मात्रै ३ लाख ७० हजार नयाँ संक्रमित फेला पर्नुका साथै ३४ सयले ज्यान गुमाएको आकँडा सार्वजानिक भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया