भारतको एउटा कर्मचारी आउँदा नेपालका नेताहरु लम्पसार परेर भेट गर्छन् : चित्रबहादुर केसी

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवको भ्रमणका क्रममा भएको भेटघाटका बिषयमा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा केसीले नेपालबाट मन्त्रीहरु जाँदा भारतीय शासकहरुले भेट्न नमान्ने गरेको तर भारतको एउटा कर्मचारी आउँदा नेपालका नेताहरु लम्पसार परेर भेट गरेको बताए । केसीले विदेशी शक्तिका मानिस आउँदा लम्पसार परेर उनीहरुको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने कामले राष्ट्रको सर्वभौममाथि खलल पुगिरहेको धारणा राखे ।
केसीले नेपालमा राष्ट्रपतिको निर्वाचन हुनै लाग्दा शक्तिराष्ट्रहरुले प्रत्यक्ष रुपमा नै आफू अनुकुलको राष्ट्रपति बनाउने खेल खेलेको बतानए । त्यस्तै उनले नेपालमा गणतन्त्रमाथि खतरा गणतन्त्र पक्षधरबाटै भएको जिकिर गरे । केही दिन पहिले सत्ताधारी दलकै केन्द्रीय सदस्यको नेतृत्वमा झापामा गणतन्त्रको विरुद्धमा चलेको अभियानले गणतन्त्रमाथि कालो बादल मडारिएको उल्लेख गरे ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया