नागरिकता विधेयकलाई तत्काल अघि बढाइयोस् : प्रदीप यादव

काठमाडौँ - जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयकलाई तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा सांसद यादवले यसअघि पटक पटक नागरिकता विधेयक रोक्ने प्रयास भएको भन्दै अव तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले अब पनि नागरिकता विधेयकलाई रोक्न खोजे आफ्नो पार्टीले संघर्ष सुरु गर्ने बताए । नागरिकताविहीन हुँदा जन्मसिद्ध नागरिकहरुले पिडा भोगिरहेको भन्दै आवाजविहीनको आवाज कसैले नसुनेको उनले बताए ।
त्यस्तै बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद चल्न नदिने चेतावनी दिए । सर्वोच्चले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश राज्यले नमानेको भन्दै सदनबाटै आफ्नो संघर्ष सुरु भएको उनले बताए ।
उहाले झुटा मुद्दा लगाएर थारुहरुलाई थुन्न नपाउने धारणा राखे ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया