मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

राष्ट्रपतिले गरिन् केन्द्रीय आयुर्वेद विद्यापिठ अस्पतालको उद्घाटन

फाइल फोटो

दाङ - राष्ट्रपति विद्यादेवी भण्डारीले  केन्द्रीय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उद्घाटन गरेकी छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले  एक कार्यक्रमका बीचमा उद्घाटन गरेकी हुन ।

हालै उद्‌घाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो ।  ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भए पनि औपचारिक उद्‍घाटन भने भएको थिएन ।