लागूऔषध कारोबारमा संलग्न १३ जना पक्राउ

काठमाडौं । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले लागूऔषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना पक्राउ परेका हुन ।
अनुसन्धान गर्दै जाँदा विभिन्न मार्गबाट लागूऔषध भित्र्याई ओसार पसार, भण्डारण, विक्रि वितरण गर्ने कार्यमा संलग्न १३ जनालाई पक्राउ गरिएको हो । बुप्रेनोर्फिन, डाइजेपाम र फेनरागन २०,३०० एम्पुल, नाइट्राभेट १२,९५० ट्याबलेट र नगद ४ लाख ५ हजार सहित नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण व्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया