प्रदेश १ मा कोभिड संक्रमण : १२ घण्टामा ७ संक्रमितको मृत्यु

विराटनगर : प्रदेश १ मा पछिल्लो १२ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चार जनाको कोरोना संक्रमितको पछिल्लो १२ घण्टामा मृत्यू भएको थियो भने मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेसनमा एक जनाको मृत्यु भएको छ ।
यस्तै एक जनाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा र झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना महिला र पाँच जना पुरुष रहेका छन् ।
मोरङको बेलबारीका एक, विराटनगरका एक, सुनसरीको धरानका एक, इलामका एक, झापाका एक र सप्तरीका दुई जनाको मृत्यु भएको हो । बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको हो ।
कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ४ः१५ बजेतिर मृत्यु भएको हो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको हो । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दमको समस्या रहेका बृद्धको बिहान ५ बजेतिर मृत्यु भएको अस्पतलाले जनाएको छ । त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते नोबेल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
उता झापाको बिएण्डसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । ६ दिनअघि काठमाडौँबाट उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका झापाको शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय बृद्धको मृत्यु भएको हो । यसैगरी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरकिा कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका १, सप्तरीका ५० वर्षीय पुरुष छन् ।
प्रदेशमा अहिले सम्म कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमितमध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ ।

रातको खानामा भुलेर पनि नखानुस् फलफूल र सलाद
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

प्रतिक्रिया