ट्रयाक्टर अस्पताल लैजादै गर्दा बाटोमै गयो संक्रमितको ज्यान (भिडियोसहित)
बुटवल : नवलपरासी पूर्व देवचुलीका एक कोभिड-१९ संक्रमितलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्ससमेत पाएनन् । ट्याक्टरमा घिसारेर अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गयो ।
कोभिड-१९ संक्रमण देखिएर घरमै रहेका देवचुली नगरपालिका १३ का ६८ वर्षका ती पुरुषलाई सोमबार एक्कासि स्वास्थ्यमा समस्या भएपछि अस्पताल लैजान आफन्तले एम्बुलेन्स खोजी गरेका थिए । कतिपयले बाहिर भएको बताए त कतिपयले नबोक्ने भनेपछि फोहोर बोक्ने ट्याक्टरमा राखेर अस्पताल हिँडाए ।
काठको मुढो जस्तैगरी उनलाई ट्याक्टरमा राखियो । तर अस्पताल नपुग्दै उनको ज्यान गयो। अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । ट्याक्टरमा राखेर देवचुलीकै दुम्कौलीस्थित नगर अस्पताल लगिएको थियो । ५ दिनअघि चितवन मेडिकल कलेज (सीएमसी) मा स्वाव परीक्षण गर्दा कोभिड-१९ संक्रमण देखिएको थियो।
देवचुली-१३ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिलबहादुर खत्री र स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले एम्बुलेन्सको पहल गरे पनि एम्बुलेन्स नपाएको बताए ।दुम्कौलीमा रहेको सरकारी एम्बुलेन्स औषधि सामाग्री लिन पोखरा गएकाले आफ्नै एम्बुलेन्स पठाउन नसकिएको श्रेष्ठको भनाइ छ ।
देवचुली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरभित्र १० वटा एम्बुलेन्स छन् । नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ निकै लाज लाग्दो घटना घटेको स्वीकार बताए। उनले सक्रमित नबोक्ने एम्बुलेन्सलाई कारबाही प्रकृया अघि बढाउने बताए ।
बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स खोजी कार्यमा आफै खटिएका वडा अध्यक्ष डिलबहादुर खत्रीले पालिकाभित्रका सबै एम्बुलेन्सलाई बोलाएको जानकारी दिए । 'मंगलबार ४ बजे बोलाएका छौं । बिरामी नोबोक्नुको कारण सोधेर थप कारबाही अघि बढाउछौं,' उनले भने । बिरामीलाई ट्याक्टरमा राख्दा म त्यही थिएँ । आमा छोराले सकि-नसकि राखे । हामीले केही गर्न सकेनौँ । सम्झदा अहिले पनि रुन मन लाग्छ ।
भिडियो सौजन्य: प्रिन्स गोर्खाली

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_M8yLWIYgiz_ek5hx44krx9bwxhlb39knvn0jmzbnepyhc3avhe6zmh0oqkpmlg15xidgnsh.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_yras5GqMEm_ljal6itubsxobzz06vzuuqf9bfeepvkown23xfmcq7ix2vi0ltpdjcsi7bsl.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

प्रतिक्रिया