शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

टिभिएस एनटर्क १२५ रेस एक्सलाई उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड

काठमाडौँ– टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सको उत्पादन टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ । १२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो । 

स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टिभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको छ । भोइस असिस्ट फिचर अन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् । योे भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटिले सपोर्ट गरेको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल  ईन्जेक्सन (आरटि–एफआइ) ईन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ वल्व सिभिटीआई–रेभ ईन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रति घण्टा रहेको छ ।  
एनटर्क १२५ रेस एक्सपीमा दुई ओटा ड्राईभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेको छ । ट्राइ टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टि लुक दिएको छ । त्यस्तै यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी त बनाएको छ नै साथै बजारमा उपलब्ध अन्य स्कुटर भन्दा एक कदमले अगाडि देखाएको छ । 

जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवालले भने–‘२०२२ को बेस्ट फिचर लोडेड स्कुटरको अवार्डद्वारा सम्मनित हुन पाउँदा एकदमै गौरव महसुस भएको छ । हुन पनि यो टिभिएस् एनटर्क १२५ रेस एक्सपि यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो हो ।’ त्यस्तै यसमा एक्सिलेरेसन पनि सुधारिएको छ भने टप स्पिड पनि पहिलाको मोडल भन्दा धेरै बनाइएको छ । बेस्ट इन क्लास कनेक्टिभिटी र सेग्मेन्ट फस्र्र्ट १०.२ पिएसको पावरले सर्वोत्कृष्ट पर्फर्मेन्सको ग्यारेन्टि दिनुको साथै हाम्रो ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई पनि आत्मसात गरेको छ ।


 

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…