सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी

काठमाडौँ - नेकपा एमालेको भ्रातृ संगठन नेपाल स्वतन्त्र विद्यार्थी युनिययन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३औं राष्ट्रिय महाधिवेशनअन्तर्गत गएराति भएको मतदानबाट बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । 

​काभ्रेको रोसी गाउँपालिका बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् ।

मतपरिणाम औपचारिक घोषणा गर्न बाँकी छ ।