शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

च्याम्पियन स्कटल्यान्डविरुद्ध बलिङमा नेपाल

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्यान्डविरुद्ध बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले स्कटल्यान्डविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो । पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी लक्ष्य पछ्याएको नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।

स्कटल्यान्ड पनि नामिबियाविरुद्ध हात पारेको पहिलो जितलाई निरन्तरता दिन चाहन्छ ।