लोकल भालेसहित घ्यू र अण्डा बोकेर सुत्केरीलाई भेट्न घरघर पुग्छन् जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी

ढोरपाटन - बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् । उनीहरू भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरूले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् ।
सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा, नवजात शिशु स्वस्थ नहुने र शारीरिक समस्या आउने हुँदा चालू आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुआत गरेको उनको भनाइ छ ।
गाउँपालिकाले हरेक सुत्केरीलाई एउटा लोकल भाले, एक माना घ्यू र एक क्रेट अण्डा वितरण गर्दै आएको छ । अध्यक्ष अधिकारी भन्छन्, “सुत्केरीलाई दिइने भाले, घ्यू र अण्डा आयातित नभई गाउँमै महिलाले उत्पादन गर्नुभएको हो, किनकी स्थानीय उत्पादन राम्रो र गुणस्तरीय हुन्छ, अर्को कुरा महिलालाई उत्पादन र आर्थिकसँग जोड्नका लागि मद्दत पुग्छ ।”
‘सुत्केरी पोषणा’ गाउँपालिकाअन्तर्गतका सबै सुत्केरी महिलाले प्राप्त गर्नेछन् । यस वर्ष ३९ जना सुत्केरीलाई पोषण वितरण गरिनेछ । दश महिनाभित्रका महिलालाई यो सुविधा उपलब्ध गराइने गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत शेरबहादुर बुढाले जानकारी दिए । गाउँपालिकाले सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
उनका अनुसार गाउँपालिको सात स्थानमा स्वास्थ्यचौकी, तीन स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेका छन् । दश वडा रहेको बडिगाडमा नौ ’बर्थिङ सेन्टर ’छन् । पछिल्लो तीन वर्षमा यहाँ ५० प्रतिशतले ‘होम डेलिभरी’ घटेको उनको भनाइ छ ।
उनी भन्छन्, “गाउँपालिकाका दुरदराजमा अझै पनि घरमै सुत्केरी हुने चलन छ, हामीले यस विषयमा विभिन्न कार्यक्रम पनि गर्यौँ, पहिलेको तुलनामा आधा नै घटेको पाएका छौँ, अहिले वडास्तरबाटै ‘होम डेलिभरी’ शून्य पार्ने अभियान चलाएका छौँ ।”
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया